विद्यालय तहको एकीकृत शैक्षिक सूचना व्यस्थापन तालिम

२०७६ मंसिर २३ र २४ गते बागमती गाउँपालिकाको श्री जनता माध्यमिक विद्यालय फापरबारीमा सञ्चालित विद्यालय तहको एकीकृत शैक्षिक सूचना व्यस्थापन तालिम सम्पन्न भयो । शिक्षा नीति तथा अभ्यास केन्द्र तथा श्रमजीवी युवा मञ्चको आयोजित सो तालिममा विद्यालयका शिक्षक, कर्मचारी तथा गाउँपालिका, शिक्षा शाखाका कर्मचारीहरुको क्षमता बढाउने उद्देश्यले सञ्चालन गरिएको थियो । तालिमको सहजीकरण तथ्याङ्क विज्ञ सम्वेदन कोइरालाले गर्नुभएको थियो । वहाँले IEMIS को अनिवार्यता र यसको महत्वका साथै भर्ने, अपलोड गर्ने, सच्याउने, हेर्ने तरीकाको बारेमा सिकाउनु भएको थियो । तालिममा मकवानपुरको बागमती गाउँपालिकाका १३ र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका १० विद्यालयका प्रधानाध्यापक, शिक्षक, लेखापाल  तथा दुवै गाउँपालिकाका शिक्षा प्रमुखहरुको सहभागिता रहेको थियो । IEMIS लाई शिक्षक तलब कक्षा ८, ९ र एसइइको  रजिष्ट्रेशनसँग पनि जोड्ने तयारी भइरहेको समेत जानकारी गराउनु भएको थियो ।

यो सूचना प्रणालीको विकास भएको ५६ वर्ष भए पनि उद्देश्य अनुरुपको काम हुन सकेको छैन । IEMIS स्रोतव्यक्तिहरुले भर्ने गरेकाले उनीहरुको विस्थापन पछि धेरै विद्यालयहरुले समयमा आफैले भरेर पेश गर्न सकेनन् । बजेट निकासाको अनिवार्य शर्त भएपछि विद्यालयहरु अरुको भर पर्न बाध्य छन् । यस सन्दर्भमा मकवानपुरको बागमती गाउँपालिकाले शैक्षिक वर्ष २०७६का शुरु मै IEMIS भर्ने आधारभूत सीपको तालिम सञ्चालन गरेको थियो । थप ज्ञान र सीपका लागि यो तालिम सञ्चालन गरिएको थियो ।

तत्कालीन शिक्षा विभागले २०६१÷०६२ सालदेखि विद्यालयको सूचना व्यवस्थित गर्न हरेक विद्यालयले फलास रिर्पोट I II  (वर्षको २ पटक जेठ ७ र चैत्र २३ गते) भरी सम्बन्धित श्रोतकेन्द्र र जिल्ला शिक्षा कार्यालयमार्फत विभागमा पठाउनु पर्ने व्यवस्था ग¥यो । २०७०÷०७१ सालदेखि एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (IEMIS)  को शुरुवात भयो । यो फलासको विकसित र सुधारिएको प्रविधिमा आधारित भएकोले विद्यालय आफैले तथ्याङ्कहरु व्यवस्थित रुपमा अभिलेख गर्न सक्ने र आवश्यकताअनुसार उपयोग गर्न सक्ने खालको छ । यो प्रत्येक विद्यालयको अनुगमन र सुधारको एउटा औजार हो ।

 
Find Us on : Find Us on Facebook @ Follow Us on Twitter @ Broadcast via Youtube @