विद्यालय व्यवस्थापन समिति प्रशिक्षण सफलतापूर्वक सम्पन्न

विद्यालय व्यवस्थापन समिति विद्यालयको व्यवस्थापनको उत्तरदायित्व, जिम्मेवार अधिकार सम्पन्न समिति हो । तर व्यवहारिक पक्षमा भने शिक्षक नै हाबि छन् । विव्यसलाई आफनो काम, कर्तव्य र अधिकारबारेमा सूचनाहरुको जानकारी कमै छ । २०७६⁄७७ मा नयाँ विव्यस समिति गठन भएपछि काम, कर्तव्य र अधिकार सम्बन्धि क्षमता विकासको लागि कहि कतैबाट सिक्ने अवसर नभएको समयमा सघन प्राथमिक विद्यालय कार्यक्रमले मिति २०७७ ⁄ ०४ ⁄ २२ र २३ गते सिन्धुली, हरिहरपुरगढी गाउँपालिकाको श्री जनज्योति आवि, हाकपारा र २०७७ ⁄ ०४ ⁄ २९ र ३० गते श्री मनकामना आवि, जखौलीमा २ दिने विव्यस तालिम सम्पन्न गरियो । यस तालिममा जनज्योतिबाट १२ जना र मनकामनाबाट १८ जनाको सहभागीता थियो ।
व्यवस्थापन समितिको क्षमता अभिबृद्धिमा कसैले पनि तालिम नपाएको विव्यस पदाधिकारीहरुको प्रतिक्रिया थियो । यो २ दिने आधारभूत मोडल तालिममा विव्यसको काम, कर्तव्य र अधिकारको थप कुरा गर्दै नीतिको कुरा, विद्यालयको आवश्यक स्रोत जुटाउने, विद्यालय प्रशासनको कुरा गरियो । तालिमको पहिलो दिन स्वागत; उद्देश्य तथा अनौपचारिक छलफल; परिचय (कार्यक्रम तथा सहभागी); कोरोनाको अवस्थाकोे बारेमा छलफल; आफू समितिमा बसेपछी के–के परिवर्तन गर्ने विचार; कस्तो विद्यालयलाई राम्रो विद्यालय भन्ने; आफनो विद्यालयको सुधार गर्नु पर्ने कुराहरुको छलफल गरियो । दोस्रो दिन अघिल्लो दिनको समीक्षा; विद्यालय सुधारमा आएका समस्याहरु; सरोकारवालाको (अभिभावक, विव्यस, शिक्षक, सरकार र गैसस) भूमिका, काम, कर्तव्य र अधिकार बारे छलफल गरियो ।

 
Find Us on : Find Us on Facebook @ Follow Us on Twitter @ Broadcast via Youtube @