विद्यालय व्यवस्थापन समिति विद्यालयको व्यवस्थापनको उत्तरदायित्व, जिम्मेवार अधिकार सम्पन्न समिति हो । तर व्यवहारिक पक्षमा भने शिक्षक नै हाबि छन्। विव्यसलाई आफनो काम, कर्तव्य र अधिकारबारेमा सूचनाहरुको जानकारी कमै छ ।
First phase of SMC (School Management Committee) and PTA (Parents and Teachers Association) training jointly organized by Centre for Educational Policies and Practices and Shramjibi Youth Forum was received by 5 schools of Bagmati Rural Municipality (BRM), Makawanpur District.
२०७६ मंसिर २३ र २४ गते बागमती गाउँपालिकाको श्री जनता माध्यमिक विद्यालय फापरबारीमा सञ्चालित विद्यालय तहको एकीकृत शैक्षिक सूचना व्यस्थापन तालिम सम्पन्न भयो । शिक्षा नीति तथा अभ्यास केन्द्र तथा श्रमजीवी युवा मञ्चको आयोजित सो तालिममा विद्यालयका शिक्षक, कर्मचारी तथा गाउँपालिका, शिक्षा शाखाका कर्मचारीहरुको क्षमता बढाउने उद्देश्यले सञ्चालन गरिएको थियो । तालिमको सहजीकरण तथ्याङ्क विज्ञ सम्वेदन कोइरालाले गर्नुभएको थियो ।