शिक्षा संघीयता र स्थानीय सरकार विषयमाअन्तर्क्रिया सम्पन्न

शिक्षा नीति तथा अभ्यास केन्द्र र शिक्षा पत्रकार समूहको सहकार्यमा यही साउन १२ गते शिक्षा संघीयता र स्थानीय सरकार विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयो । अन्तर्क्रिया कार्यक्रममा गाउँ पालिका महासंघ¸ नगरपालिका गाउँपालिकाका प्रमुखहरु¸ नगर र गाउँपालिकाका शिक्षा शाखाका प्रतिनिधि¸ शिक्षाविद¸ शिक्षक र विद्यालय कर्मचारीका पेशागत संघका प्रतिनिधि¸ शिक्षाकर्मी¸ शिक्षासंग सम्बन्धित संस्थाका प्रतिनिधि¸ पत्रकार आदिको सहभागिता थियो ।

कार्यक्रममा शिक्षा पत्रकार समूहले तयार पारेको ञविद्यालय शिक्षाः पालिकाले चाहे सुधार्न सक्छन् पुस्तकको विमोचन गरिएको थियो भने सुनवल नगरपालिकाले विद्यालय शिक्षा सुधारमा गरेको कामको उदाहरणको भिडियो प्रदर्शन पनि गरिएको थियो । पुस्तक विमोचन गर्दै शिक्षाविद प्राध्यापक विद्यानाथ कोइरालाले पालिकाहरुले गरेका राम्रा र उदाहरणीय कामलाई यस पुस्तकमा लिपीबद्ध गरिएको बताउँदै पत्रकारले नकरात्मक कुरा मात्र बाहिर ल्याउँने परम्परालाई परिवर्तन गरी सकारात्मक पाटो उजागर गर्ने परिपाटी शुरु भएको सङ्केतको रुपमा आफूले महसुस् गरेको बताउँनुभयो । त्यस्तै भिडियो बनाउने उत्प्रेरणा र सन्दर्भ बताउँदै हरि थापाले विद्यालय व्यवस्थापन समिति बलियो हुन नसक्दा विद्यालय शिक्षा सुधारमा असर परेको धारणा राख्नुभयो ।

स्थानीय सरकारले सक्दैनन् कि चाहदैनन् भन्ने प्रश्न गर्दै परिवर्तन नचाहने शक्ति स्थानीय सरकारले चाहदैनन् भन्ने भाष्य निर्माण गर्न लागि परेको र लोकतान्त्रिक अधिकारका दृष्टि‚ शैक्षिक दृष्टि आदि सबै कारणले गर्दा विद्यालय सुधारको लागि पालिकाले सक्छन् भन्ने भाष्य निर्माण होस भन्ने अपेक्षा गर्दै शिक्षा नीति तथा अभ्यास केन्द्रका टीका भट्टराइले विद्यालय शिक्षा पालिकाको अधिकारक्षेत्रमा हुनुपर्ने कारणहरु बारे व्याख्या गर्नुभयो ।

स्थानीय चासो र सरोकार विद्यालयभित्र समेट्न र जसका छोराछोरी विद्यालयमा छन्‚ उनीहरुके चासो‚ चिन्तालाई विद्यालयमा छिराउने सहजकर्ता हो स्थानीय सरकार‚ त्यसको व्यवस्था मिलाउने हो‚ स्थानीय सरकार अफैमा शासक होइन भन्दै सोमत घिमिरेले हामीलाई चाहिएको स्थानीय सरकार समुदायमा‚ तल्लो तहमा लोकतन्त्रलाई पुर्याउने‚ समुदायलाई बलियो बनाउने‚ समुदायलाई गतिशील बनाउने खालको हो भन्नुभये । कार्यक्रममा गाउँ पालिका महासंघका अध्यक्ष लक्ष्मी पाण्डेले नागरिकले देख्ने‚ छुने‚ हेर्ने र महशुस हुने सरकार बनाउन शिक्षा सुधारलाई महत्व दिनुपर्ने बताउँदै वडाअध्यक्ष विद्यालय व्यवस्थापन समितिमा बस्नु गलत भएको हुनाले त्यसलाई सुधारेर अगाडि बढ्नुपर्ने बताउनुभयो । हल्दिवारी गाउँपालिका‚ झापाका अध्यक्ष रवीन्द्र लिङदेनले आफ्ने गाउँपालिकामा निशुल्क शिक्षा सम्भव बनाएको अनुभव सुनाउनुभयो भने लालीगुराँस नगरपालिका‚ तेह्रथुमका प्रमुख अर्जुन माबुहाङले अफूले संघीय शिक्षा ऐनको गीत गाउन थालेको छ वर्ष भयो‚ सरकारले ऐन ल्याउँदैन‚ किन हो भन्नुभयो ।

त्यसैगरी ललितपुर महानगरपालिकाका शिक्षा अधिकृत नवराज रिजाल‚ नेपाल राष्ट्रीय शिक्षक संगठनका अध्यक्ष विष्णुप्रसाद भण्डारी‚ विद्यमलय व्यवस्थापन समिति संघर्ष समिति काठमाडैका संयोजक सीता कँडेल पराजुली‚ पत्रकार नारायण पङ्गेनी‚ विद्यालय व्यवस्थापन समिति महासंघका संस्थापक अध्यक्ष कृष्ण थापा‚ सिद्धिगणेश मावि कागेश्वरीका विव्यस अध्यक्ष राजकुमार थापा‚ जुगल गाउँपालिकाका पूर्वअध्यक्ष होमनारायण श्रेष्ठ‚ टोखा नगरपालिकाका शिक्षा अधिकृत खगेन्द्रसिंह धामी‚ बुद्धि विश्वकर्मा आदिले आफ्ना मन्तव्य राख्नुभएको थियो ।

 
Find Us on : Find Us on Facebook @ Follow Us on Twitter @ Broadcast via Youtube @